Monthly Archives: July 2017

Nepal Day Festival 2017

यहि २०१७ अगष्ट २६ र २७ तारिख टोकियो उएनो पार्कमा एनआरएनए जापानको आयोजनामा, नेपाली राजदुतावास टोकियोको बिशेष सहयोग र जापान स्थित संघ संस्थाहरुको सहयोगमा १०औं नेपाल फेस्टिवल २०१७ आयोजना गर्न लागिएको यहालाई जानकारी गराउन चाहन्छौं।

जापानमा बसोवास गर्दै आएका करिव ७५ हजार नेपालीहरुको आफ्नो मौलिक भाषा, कला, संस्कृति, मौलिक पहिचान सहित ब्यबसायीक पहिचानको सम्भाब्यता लाई प्रवधन गर्दै नेपालमा पर्यटन प्रवधन तथा नेपाल जापान सम्वन्धलाई अझै मैत्री बनाउदै नेपाल फेस्टिवल भव्य रुपमा आयोजना गर्ने तयारीमा जुटेका छौ। जसको लागि यहा हरुको साथ र सहयोगको महत्वपुर्ण भुमिका लाई मध्यनजर गर्दै तपसिल मिति, स्थान र समयमा आवश्यक छलफल गर्नु पर्ने भएकोले यहा हरुको गरिमामय उपस्थितिको लागि अनुरोध गरिन्छ।
बिगत बर्षहरुको जस्तै यस बर्ष पनि यहाहरुको सहयोग, सल्लाह र रचनात्मक भुमिकाको लागि सहयोगको अपेक्षा राखेका छौं ।

तपसिल:
मिति :– २०१७–७–२४ (सोमबार)
स्थान :– नमस्ते गीत गजल, सिन–ओकुबो
समय :– १४: ०० बजे
सहयोगको लागि धन्यवाद ।


Fatal error: Call to undefined function twentytwelve_content_nav() in /home/nepalfes/nepalfestivaljapan.com/public_html/wp-content/themes/nepalfestival/archive.php on line 52