Monthly Archives: August 2014

Nepal festival 2016-Ad

nf-2014-poster

नेपाल डे फेष्टिवल आयोजक समितिद्वारा ध्यानाकर्षण

टोकियो – नेपाल डे फेस्टिवलको मिति नजिकिदैं गर्दा स्टल बुकिङका लागि अब धेरै समय नरहेको र सीमित स्टल मात्र बाँकी रहेकोले समयमै स्टल बुकिङ गर्न फेष्टिवल आयोजक समितिले ईच्छुक महानुभाबहरुलाई ध्यानाकर्षण गराएको छ। फेस्टिवलको तयारीलाई थप तिब्र पारिएको बताउँदै समयमै स्टल बुकिङ गरी आफ़्नो स्थान सुरक्षित गर्न आयोजक समितिले पुनः ध्यानाकर्षण गराएको हो ।

आफ़्ना वस्तु, सेवा, कला, सँस्कृति, धरोहर र ब्यवहारमार्फत नेपाल र नेपाली चिनाउने गौरवमय पर्व नेपाल फेष्टिवलमा आफ़्नो उत्पादन तथा सेवाको विक्री तथा प्रवर्धन गर्न चाहनेहरुबाट धमाधम स्टल बुकिङ भईरहेको बताईएको छ । यसैगरी अन्य तयारीहरु पनि तिब्र रुपमा भईरहेको जानकारी प्राप्त भएको छ । एनआरएन जापानको मुल आयोजना र अन्य संघसंस्थाहरुको सहकार्यमा २०१६ को अगष्ट ६ र ७ मा टोकियोको योयोगी पार्कमा हुन गईरहेको नेपाल डे फेष्टिवल यो वर्ष बिशेष हुने आयोजक श्रोतले बताउँदै आईरहेको छ ।
फेष्टिवलकै पूर्व सन्ध्यामा एनआरएनको ग्लोबल सम्मेलन नागानोको तातेसिनामा हुँदै छ । संसारभरिबाट ठूलो संख्याका एनआरएनका अगुवा प्रतिनिधिहरु सो सम्मेलनमा भेला हुने भएका छन भने नेपाल सरकार र जापान सरकारका जिम्मेवार तहका अधिकारीहरुको पनि बिशेष आतिथ्यता रहने बताईएको छ । ग्लोबल सम्मेलन लगत्तै सबै सहभागी तथा अतिथिहरुको फेष्टिवलमा सहभागिता रहने भएकोले पनि यो वर्षको फेष्टिवल बिशेष रहने बताईएको छ ।

नेपाल डे फेस्टिवल आयोजक समितिले स्टल बुकिङका लागि यहि जुलाई मसान्तसम्मको समय तोकेको छ । समय सकिनै लाग्दा आयोजक समितिले स्टल राख्न ईच्छुकहरुको पुनः ध्यानाकर्षण गराएको हो ।

नेपाल डे फेष्टिबलको तयारी तिब्र, स्टल बुकिङ् धमाधम

टोकियो- २०१६ को अगष्ट ६ र ७ तारिख टोकियोको योयोगी जापानमा हुन गैरहेको नेपाल डे फेष्टिबलका स्टलहरुको बुकिङ् कार्य तिब्र रुपमा भैरहेको आयोजक एन आर एन जापानले जनाएको छ । एनआरएन जापान मुख्य आयोजक र जापानमा रहेका विभिन्न संघसंस्थाहरुको सहकार्यमा आगामी अगष्ट ६ र ७ मा टोकियोको योयोगी पार्कमा हुन गैरहेको दुई दिवसीय नेपाल डे फेष्टिवलको स्टलहरुको बुकिङ्ग यहि जून ११ तारिक बाट खुल्ला गरिएको थियो।

नेपाल डे फेष्टिबलको तयारीका लागि तिब्र रुपमा जुटेको आयोजक समितिले ब्यवसायीहरुले आफ़्ना सेवा तथा उत्पादनलाई विक्रि तथा प्रचारप्रसार गर्नका लागि स्टल राख्न चाहने महानुभावहरुलाइ पुन: सुसुचित गर्दै स्टलहरु सिमित संख्यामा भएको र बुकिङ्ग कार्य तिब्ररुपमा भैरहेकोले ढिला नगरी समयमै बुकिङ्ग गर्न सम्बन्धित सबैलाई अनुरोध गरेको छ ।

त्यस्तै यो वर्षदेखि नेपाल डे फेष्टिवल नेपाल र नेपालीलाई चिनाउने दिशामा केन्द्रीत हुन सकोस् भन्ने हेतुले कार्यक्रम तथा प्रस्तुतीहरु विदेशी नागरिकमा लक्षित हुने गरि मञ्चका साँगीतिक तथा अन्य प्रस्तुतीहरुमा नेपाली कला कौशल र चिनारीजन्य सामाग्रीमा बिशेष ध्यान दिई सोहि अनुरुपको तयारीमा जुटेको पनि आयोजक समितिले बताएको छ ।

यस अघिनै प्रकाशित गरेको नेपाल फेष्टिवलका स्टल सम्बन्धि नियमावलीहरुलाई जानकारीका लागि पुन :प्रकाशित गरिएको छ ।

१. यस वर्षको नेपाल डे फेस्टिवलमा खानाको मेनु अग्रिम बुझाउनु पर्ने छ |
२. प्रति स्टल २ दिनको खाना स्टल लागि ३२०,००० जापानी येन र ब्यानर रकम येन ३०,००० जापानी येन गरि
जम्मा ३५०,००० जापानी येन पर्न आउनेछ |
३. प्रति स्टल खाना बाहेकको लागि १००,००० जापानी येन पर्न आउनेछ |
४. खाना स्टलमा सिसाका बोत्तल तथा गिलासमा पेय पदार्थबिक्रि वितरण गर्न पाइने छैन |
५. सरसफाई र उपभोक्ताहरुको स्वास्थलाई ध्यान दिई ताजा तथा शुध्द खानाका परिकार बिक्रि गर्नु पर्नेछ|
६. स्टलमा विभिन्न संगीत तथा सांगीतिक हल्ला गर्न पाइने छैन |
७. तेलीय पधार्थ(तेल ,घिउ तथा अन्य ) जथाभाबी फाल्न पाइने छैन |
८. अरुलाई असर पार्ने गरि नकारात्मक कार्यहरु एवं होहल्ला गर्न पाइने छैन |
९. नेपाल जापान कुटनीतिक सम्बन्धको ६०औ वर्षगाँठको अबसरमा सम्पूर्ण स्टलको डीजाइन एकै नासका हुनेछन
१०. त्यसको लागि फारम भरेको १ हप्ता भित्रमा लोगो नाम पठाउनु पार्ने छ |
११. उपरोक्त नियमहरु पालना नगरेको खण्डमा आयोजक कमिटीले खाना बिक्रिमा प्रतिबन्ध गर्न सक्ने छ |

एनआरएन जापानको कार्यालय
〒169-0074
東京都 新宿区北新宿1-30-30 柏木ハイツ127
(Shinjuku-Ku, Kita Shinjuku 1-30-30 kashiwagi haitsu 127)
Mobile: 080-5172-7906
Email:- nrnjapan2015@gmail.com

नेपाल डे फेष्टिवल आयोजक समिति जापानद्वारा स्टल बुकिङ खुल्ला

टोकियो- २०१६ को अ गष्ट ६ र ७ तारिख टोकियोको योयोगीमा हुन गईरहेको नेपाल डे फेस्टिबलका लागि आयोजक समितिले आज जून ११देखि स्टल बुकिङ खुल्ला गरेको छ । एनआरएन जापानको मुल आयोजना र जापानमा रहेका विभिन्न संघसंस्थाहरुको सहकार्यमा हुन लागेको दुई दिवसीय नेपाल डे फेष्टिवलमा स्टल राख्न चाहनेहरुका लागि स्टल बुकिङ खुल्ला गरिएको आयोजक समितिले जानकारी दिएको हो ।

ब्यवसायीहरुले आफ़्ना सेवा तथा उत्पादनलाई विक्रि तथा प्रचारप्रसार गर्नका लागि स्टल राख्न चाहने महानुभावहरुका लागि आजदेखि बुकिङ खुल्ला गरिएको एनआरएन जापानका अधक्ष्य समेत रहेका नेपाल फेष्टिवल स्टल ब्यवस्थापन समितिका संयोजक सुदन थापाले बताउनुभयो । नेपाल डे फेष्टिवलमा स्टल राख्न चाहनेहरुका लागि बुकिङ खुल्ला गरिएको जानाकारी गराउँदै अनिवार्य पालना गर्नुपर्ने केही नियमावलीहरु पनि सो समितिले सार्बजनिक गरेको छ । जसअनुसार यो वर्षदेखि फेष्टिवलमा नेपाली खानाका परिकारले मात्र स्थान पाउने छन् ।

यसैगरी यो वर्षदेखि नेपाल डे फेष्टिवल नेपाल र नेपालीलाई चिनाउने दिशामा केन्द्रीत हुन सकोस् भन्ने हेतुले कार्यक्रम तथा प्रस्तुतीहरु विदेशी नागरिक लक्षित हुनेछन् भने मञ्चका साँगीतिक तथा अन्य प्रस्तुतीहरुमा नेपाली कला कौशल र चिनारीजन्य सामाग्रीमा बिशेष ध्यान दिईने बताईएको छ ।

दुई दिवसीय नेपाल फेष्टिवलका स्टल सम्बन्धी नियमावली यसप्रकार रहेका छन् ।

सम्पर्कका लागि :-
एनआरएन जापानको कार्यालय
Shinjuku-Ku, Kita Shinjuku 1-30-30 (107)
Mobile: 080-5172-7906
Email:- nrnjapan2015@gmail.com

नेपाल फेष्टिवल आयोजक समिति बिस्तार, उपसमितिहरुको गठनका साथै संयोजकहरु तोकिए

टोकियो- टोकियोस्थित आइतवार बसेको नेपाल फेष्टिबल २०१४ मुल आयोजक समितिको पहिलो बैठकमा समितिले ८ वटा उपसमिति र ति उपसमितिका संयोजकहरु तोकेका साथै केहि सदस्यहरु थप गरेको छ ।

बैठकले आयोजक समितिको सदस्यहरुमा अर्जुन अधिकारी, रामकृष्णबम मल्ल, दिपक नेपाल, बाबुराम भण्डारी, दिपक गौचन, इन्दिरा सुजुकी, रघुदीप खड्का, दोर्जे शेर्पा पिनासा, गिरी शेरचन, जीवन अर्याल, प्रेमिला गौचन, युका चुचुइ, राजु शेरचन, दिना गौचन, जीवन भट्टचन, हर्क गुरुङ, सिर्जना काफ़्ले, मोहन महर्जन, बिश्व भण्डारी, रिना शाक्य, पेम्बा लामा, राजेन्द्र श्रेष्ठ, होमराज देवकोटा, पवन केसी, ईश्वर अधिकारी, यज्ञराज श्रेष्ठ र रविन्द्र उप्रेतीलाई थप गरेको छ ।

यसअघि घोषणा गरिएको ३६ जना र हाल थप गरिएको २७ जना गरी उक्त बैठकले नेपाल फेष्टिबल आयोजक समितिलाई ६३ सदस्यीय समिति बनाएको छ । बिभिन्न संघसंस्थाहरुबाट संस्थागत प्रतिनिधि तथा ईच्छुक स्वतन्त्र ब्यक्तिहरु थप गरी समितिलाई ६३ सदस्यीय बनाईएको हो । समितिमा सकेसम्म सबै संस्थाहरुको प्रतिनिधित्व गराउने र ईच्छुक ब्यक्तिहरुलाई पनि समेट्दै जाने क्रम जारी राख्ने नीति अपनाईने पनि बैठकले पारित गरेको छ ।

यसैगरी नेपाल फेष्टिबलको तैयारीलाई तिब्र पार्न ८ वटा विभिन्न उपसमितिहरुको गठन गरी कार्यविभाजन समेत गरिएको छ । साथै गठित उपसमितिका संयोजकहरु पनि चयन गरिएको छ । जसअनुसार आर्थिक उपसमितिको संयोजकमा दिपक थापा, ब्यवस्थापन उपसमितिको संयोजकमा सुदन थापा, स्टल ब्यवस्थापन उपसमितिको संयोजकमा नरबहादुर थापा, इभेण्ट प्लानिङ उपसमितिको संयोजकमा युको ओकामोतो मल्ल, प्रचारप्रसार उपसमितिको संयोजकमा नारायणी आचार्य, अतिथि सत्कार तथा साज-सज्जा उपसमितिको संयोजकमा सुमी केसी, सरसफाई तथा फोहरमैला ब्यवस्थापन उपसमितिको संयोजकमा जोन छन्त्याल, स्वयमसेवक परिचालन उपसमितिको संयोजकमा तासी लामालाई चयन गरिएको छ ।

यसरी गठन गरिएको आठवटै उपसमितिका संयोजकहरु सदस्य रहने गरी एक सचिवालय समितिको पनि ब्यवस्था गरिएको छ । जसअनुसार उक्त ८ सदस्यीय सचिवालय समितिले अर्को १ जना सदस्य मनोनयन गरी ९ जना पुर्‍याई पूर्णता दिईने बैठकले पारित गरेको छ । आयोजक समितिको बैठक बस्न नसकेको अवस्थामा अर्थात सबैजना जुट्न संभव नभएको अवस्थामा आकस्मिक निर्णय गर्नुपर्दा सचिवालय समितिले तुरुन्तै निर्णय गरी कार्य सम्पादनलाई आगडि बढाउन सजिलो होस् भन्ने उद्देश्यले सचिवालय समितिको ब्यवस्था गरिएको हो । फेष्टिबलको तैयारीलाई तिब्र पार्न सबैभन्दा पहिले प्रचारप्रसार उपसमितिले यथाशिघ्र होमपेज निर्माण गर्नुका साथै लोगो, पोष्टर र पम्फ़्लेटहरु तयारीबाट आफ़्नो काम थाल्ने भएको छ ।

नेपाल फेष्टिबल आयोजक समितिको अर्को बैठक आगामी जुन १५ तारिख बस्ने भएको छ । त्यसअघि सबै उपसमितिहरुले आ-आफ़्नो जिम्मेवारीअनुसारको तैयारी र सो सम्बन्धि गृहकार्य गरी वैठकमा पेश गर्नुका साथै छलफल चलाउनुपर्ने छ । त्यसपछि फेष्टिबलको मोडालिटी, खाका र सिंगो कार्यक्रमको स्वरुप निर्धारण गर्दै लगिने बैठकमा जानकारी गराईयो । यो वर्षको नेपाल फेष्टिवल आगामी सेप्टेम्वर २० र २१ मा उएनो पार्कमा हुने भएको छ । एनआरएन जापानको मुल आयोजना र बिभिन्न संघसंस्थाहरुको सहकार्यमा यो बर्षको फेष्टिबल हुन लागेको हो ।

नेपाल फेष्टिवल आयोजक समितिले पायो पूर्णता

टोकियो – यस बर्षदेखि एनआरएन जापानले आयोजना गर्न लागेको नेपाल फेष्टिवलको आयोजक समितिले पुर्णता पाएको छ ।शनिवार टोकियोमा भएको एक संयुक्त भेलाको बृहत छलफलपछि जापानी समाजसेवी महिला युको ओकामोतो मल्लको संयोजकत्वमा बनेको आयोजक समितिले पूर्णता पाएको हो ।

टोकियो ओकुबोस्थित मिलन रेष्टुरेन्टमा भएको भेलाले आयोजक समितिको उपसंयोजकद्वयमा एनआरएन जापानको तर्फ़बाट दिपक थापा र अनिता गुरुङलाई चयन गरिएको छ भने सदस्यहरुमा नरबहादुर थापा, सुदन थापा, जिज्ञानकुमार थापा, पासाङ शेर्पा, राजेन्द्र जम्मरकट्टेल, ध्रुव बस्नेत, तासी लामा, नारायणी आचार्य, सुमी केसी, स्मृति आचार्य, अनुज थापा, सुजन पन्त, संगिता अधिकारी, सिध्दार्थ श्रेष्ठ, रामहरि पुडासैनी, आलोक चालिसे, बिश्वेश्वर रेग्मी, पुष्करजंग थापा, जिवक बज्राचार्य, टिका छन्त्याल, दिनेश रताला जोशी, भूपिगोविन्द श्रेष्ठ, जोन छन्त्याल, सरोज खत्री, लाक्पा गेलू शेर्पा, खेम मल्ल, प्रेम पुन, कोतारो मोरी, डा. कोबायासी हिरोआकी, कियोहिको मोचीजुकी, भीम गुरुङ, श्रीभक्त गुरुङ, बुद्धि गौचन रहेका छन् ।

यसैगरी नेपाल फेष्टिबल २०१४ मुल आयोजक समितिको सल्लाहकार समितिमा भवन भट्ट, राजन प्रधानाङ्ग, पारसमणि पोखरेल, महेश श्रेष्ठ, तिलक मल्ल, किरणविक्रम थापा, भूषण घिमिरे, ओम गुरुङ, रोविन्द श्रेष्ठ (गोविन्द), रोशन केसी, डा. राम गिरी, अरुण श्रेष्ठ र सुष्मा ओमातालाई भेलाले चयन गरेको छ ।

एनआरएन अध्यक्ष पारसमणि पोखरेलको सभापतित्वमा भएको उक्त भेलाद्वारा नेपाल फेष्टिवल २०१४ लाई भब्य र सभ्य र उपलब्धिमुलक बनाउन जापानमा क्रियाशील विभिन्न संघसंस्थाका प्रतिनिधिहरुलाई आयोजक समितिमा समेटिएको छ भने विविध कारणवश समेटिन नसकिएकाहरुलाई क्रमशः समेटिदैं जाने बताईएको छ ।

विभिन्न उपसमितिहरुमार्फत कार्यविभाजन गरी नेपाल फेष्टिवलको तैयारीलाई तिब्र पार्न आउँदो आइतवार अपरान्ह सिनओकुबोमा पुनः आयोजक समितिको बैठक राखिएको संयोजक युको ओकामोतो मल्लले बताउनुभयो । बैठक पश्चात प्रचार प्रसारका लागि फ़ेष्टिवलको होमपेज, लोगो, पोष्टर लगायतका कामहरु तुरुन्तै अगाडि बढाईने बताईएको छ ।

नेपाल फेष्टिवल तयारी बैठकमा उपस्थितिको लागि एन आर एन जापानको अनुरोध

नेपाल फेष्टिबल २०१४ को आयोजना गर्ने जिम्मेवारी संगै एन आर एन जापानले फेष्टिबलको पुर्व तयारी सम्बन्धमा बृहत छलफलको गर्ने भएको छ | एन आर एन जापानले आगामी मे १७ तारिक टोक्यो ओकोबु स्थित एन आर एन जापानको कार्यालयमा हुने छलफलमा जापानमा क्रियाशील संघ सस्थाका प्रतिनिधिहरुलाई उपस्थितिको लागि सार्वजनिक आह्वान गरेको छ |

एन आर एन जापानका महासचिब मुक्तिराम खनाल “बिनोद “ले एक बिज्ञप्ति जारी गर्दै नेपाल फेष्टिबल सम्बन्धि छलफल कार्यक्रममा उपस्थितिको लागि जापानमा क्रियाशील संघ सस्थाको तर्फ बाट २ जना प्रतिनिधिहरुलाई उपस्थितको लागि अनुरोधगरेका छन् |

महासचिब खनालद्वारा जारी बिज्ञप्तिमा भनिएको छ – हामी जापानबासी नेपालीहरुले गौरबको रुपमा सम्पन्न गर्दै आएको नेपाल फेष्टिवल यस वर्ष पनि सेप्टेम्बर २० र २१ तारिक सम्पन्न गर्ने गरि आयोजना गरिएको हामी सबैमा अवगत नै छ | गत हप्ता एन आर एन जापानको कार्यालयमा सम्पन्न सर्व पक्षीय बैठकले एन आर एन जापानको आयोजनामा समाजसेवी युको ओकामोतो मल्ल संयोजक रहने गरि यस वर्षको नेपाल फेष्टिबल गर्ने निर्णय गरेको थियो |

सोहि बमोजिम जापानमा क्रियाशील सबै संघ सस्थाहरु संग हातेमालो गर्दै हामी सबैको गौरबको रुपमा रहेको फेष्टिबललाइ उपलब्धि एबम प्रभाबकारी रुपमा सम्पन्न गर्नको लागि आयोजक समिति ,उप-समिति साथै तयारीका बिबिध कार्य सम्बन्धमा छलफल गर्नु पर्ने भएकोले विभिन्न संघ सस्थाका अध्यक्ष तथा प्रतिनिधिको रुपमा २ जना सदस्यलाइ निम्न समय र स्थानमा उपस्थितिको लागि अनुरोध गरेको छ |

मिति :- २०१४ मे १७ तारिक शनिवार
स्थान :- 東京都新宿区北新宿1-30-10, 127 (यसै गैर आवासीय नेपाली संघ जापानको कार्यालय)
समय :- दिउसो ४ बजे
सम्पर्क नम्बर :- ०३-६२७९-३९६३

नेपाल फेस्टिबलको आयोजना एनआरएन जापानले गर्दै

टोकियो- यस बर्षदेखि नेपाल फेस्टिबलको आयोजना एनआरएन जापानले गर्ने भएको छ । एनआरएन जापानको कार्यालयमा भएको सर्बपक्षिय बृहत भेलाले अब देखि नेपाल फेस्टिबल एनआरएन जापानको आयोजनामा गर्ने निर्णय गरेको हो ।

आईतबार टोकियोस्थित एनआरएन जापानको कार्यालयमा भएको भेलाको निर्णय अनुसार हरेक बर्ष नेपाल फेस्टिबलको आयोजना गर्ने जिम्मा एनआरएन जापानलाई दिईएको छ । फेष्टिवल आयोजना गर्नका लागि गत वर्षको नेपाल फेष्टिवल आयोजक समितिकी संयोजक समाजसेवी जापानी महिला युको ओकामोतो मल्लको संयोजकत्वमा फेष्टिवल आयोजक समितिको गठन गर्ने निर्णय गरिएको छ ।जापानमा भएका क्रियाशिल नेपाली संघ संस्थाको प्रतिनिधित्व गराईने भएकोले आयोजक समितिलाई पुर्णता दिनका लागि क्रियाशिल संघ संस्थाका प्रतिनिधीहरुलाई आउदो १७ तारिख आमन्त्रण गरिएको छ ।

राष्ट्रकै गौरब बढाउने र नेपालीहरुले गौरब गर्न लायक सबै नेपालीको साझा कार्यक्रम नेपाल फेस्टिबल यो बर्ष देखि एनआरएन जापानले आयोजना गर्ने एनआरएन जापानका अध्यक्ष पारसमणि पोखरेलले बताउनुभयो । बिगतको अनुभबबाट पाठ सिक्दै नेपाल फेस्टिबललाई अझ प्रभाबकारी बनाउने बताउँदै पोखरेलले भन्नुभयो- “दुताबास लगायत सबै संस्थासँग सहकार्य गर्दै नेपाल फेस्टिबललाई हरेक बर्ष निरन्तरता दिने प्रतिबद्दता गर्दछु ।”

यो वर्षको फेष्टिवल आयोजना गर्नका लागि आगामी सेप्टेम्वर २० र २१ मा उएनो पार्क बुकिङ गरिसकिएको कुरा यो वर्ष पनि संयोजक युको ओकामोतो मल्लले जानाकारी दिनुभयो ।
नेपाल फेष्टिवल सम्पन्न गर्नका लागि आयोजक समितिमा रहन चाहने संघसंस्था तथा ब्यक्तिहरुले सम्पर्क गर्न आह्वान गरिने र ईच्छुक संघसंस्थाका प्रतिनिधिहरु रहेको सर्वपक्षिय एवं समावेशी आयोजक समिति गठन गरी विभिन्न उपसमितिहरुमार्फत कार्यविभाजन गरिने पनि भेलाले निर्णय गरेको छ ।

नेपाल फेष्टिवल बारे ऐतिहासिक पृष्ठभूमि लगायत आवश्यक सूचना तथा जानकारी अद्यावधिक गर्ने उद्देश्यले छुट्टै होमपेज निर्माण गरि तैयारीलाई तिब्र पारिने पनि बताईएको छ।


Fatal error: Call to undefined function twentytwelve_content_nav() in /home/nepalfes/nepalfestivaljapan.com/public_html/wp-content/themes/nepalfestival/archive.php on line 52