नेपाल डे फेष्टिवल आयोजक समितिद्वारा ध्यानाकर्षण

टोकियो – नेपाल डे फेस्टिवलको मिति नजिकिदैं गर्दा स्टल बुकिङका लागि अब धेरै समय नरहेको र सीमित स्टल मात्र बाँकी रहेकोले समयमै स्टल बुकिङ गर्न फेष्टिवल आयोजक समितिले ईच्छुक महानुभाबहरुलाई ध्यानाकर्षण गराएको छ। फेस्टिवलको तयारीलाई थप तिब्र पारिएको बताउँदै समयमै स्टल बुकिङ गरी आफ़्नो स्थान सुरक्षित गर्न आयोजक समितिले पुनः ध्यानाकर्षण गराएको हो ।

आफ़्ना वस्तु, सेवा, कला, सँस्कृति, धरोहर र ब्यवहारमार्फत नेपाल र नेपाली चिनाउने गौरवमय पर्व नेपाल फेष्टिवलमा आफ़्नो उत्पादन तथा सेवाको विक्री तथा प्रवर्धन गर्न चाहनेहरुबाट धमाधम स्टल बुकिङ भईरहेको बताईएको छ । यसैगरी अन्य तयारीहरु पनि तिब्र रुपमा भईरहेको जानकारी प्राप्त भएको छ । एनआरएन जापानको मुल आयोजना र अन्य संघसंस्थाहरुको सहकार्यमा २०१६ को अगष्ट ६ र ७ मा टोकियोको योयोगी पार्कमा हुन गईरहेको नेपाल डे फेष्टिवल यो वर्ष बिशेष हुने आयोजक श्रोतले बताउँदै आईरहेको छ ।
फेष्टिवलकै पूर्व सन्ध्यामा एनआरएनको ग्लोबल सम्मेलन नागानोको तातेसिनामा हुँदै छ । संसारभरिबाट ठूलो संख्याका एनआरएनका अगुवा प्रतिनिधिहरु सो सम्मेलनमा भेला हुने भएका छन भने नेपाल सरकार र जापान सरकारका जिम्मेवार तहका अधिकारीहरुको पनि बिशेष आतिथ्यता रहने बताईएको छ । ग्लोबल सम्मेलन लगत्तै सबै सहभागी तथा अतिथिहरुको फेष्टिवलमा सहभागिता रहने भएकोले पनि यो वर्षको फेष्टिवल बिशेष रहने बताईएको छ ।

नेपाल डे फेस्टिवल आयोजक समितिले स्टल बुकिङका लागि यहि जुलाई मसान्तसम्मको समय तोकेको छ । समय सकिनै लाग्दा आयोजक समितिले स्टल राख्न ईच्छुकहरुको पुनः ध्यानाकर्षण गराएको हो ।