नेपाल फेष्टिवललाई सफल बनाउन एकजुट हुन आग्रह(भिडियाे)

जापानमा आगामी अगष्ट महिनाको ६ र ७ तारिकमा टोकियो योयोगी पार्कमा आयाेजना हुन लागेको नेपाल डे फेष्टिवलको तयारी तिव्र पारिएको छ ।
गैरआवासीय नेपाली संघ एनआरएनए जापानका अध्यक्ष तथा फेष्टिवल आयोजक समितिका संयोजक सुदन थापाका अनुसार फेष्टिवलका लागि ५० वटा फुड तथा ४० वटा स्टलको व्यवस्था गरिएको छ ।
नेपाल जापान डटकमसंग कुराकानी गर्दै कार्यक्रम संयाेजक थापाका अनुसार हालसम्म करिव आधा भन्दा वढी स्टल बुकिङ भईसकेकाे जानकारी गराउनु भयो । कार्यक्रम सफल बनाउन जापानवासी नेपालीहरुलाई एक जुटहुन आग्रह गर्नुभयो ।
प्रस्तुत छ नेपाल फेष्टिवलको तयारी विषयमा नेपाल जापान डटकमले संयोजक थापासंग गरिएको भिडियो कुराकानी: