नेपाल डे फ़ेस्टिवल २०१६ मुल आयोजक कमिटिको पाचौं बैठक सम्पन्न:-

नेपाल डे फ़ेस्टिवल २०१६ मुल आयोजक कमिटिको पाचौं बैठक सम्पन्न:-
नेपाल डे फेस्टिबल २०१६ को मुल आयोजक समितिको पाचौं बैठक आयोजक समितिका संयोजक सुदन थापाको संयोजकत्वमा एनआरएनए कार्यालयमा सम्पन्न गरेको छ।, बैठकमा उपस्थित बिभागिय प्रमुखहरुले आ-आफ्नो बिभागको प्रगति बिबरण पेश गरेका थिए।
गत हप्ता जापानमा रहेका नेपाली ब्यावसायीहरुसंग भएको छलफलमा नेपाली खानाको स्टलहरु बढि भएको साथै निर्णय लिने समय छोटो भएको गुणासोलाई मध्यनजर राख्दै आजको बैठकले नेपाल डे फेस्टेबलमा २० वटा भन्दा बढी खानाको स्टल नराख्ने साथै स्टलको बुकिङ गर्ने अन्तिम मितिलाई सारेर अगमी जुन २९ तारिखसम्मको लागि थप गर्ने निर्णय गरेको छ।
बैठकले खानको स्टल सिमित भएकोले समयमै आफ्नो लागि स्टल बुकिङ गर्नको लागि खानाको स्टल ब्यबस्थापन समिति मार्फत ब्यबसायीहरुलाई यथासिग्र खबर गर्ने निर्णय समेत गरेका छन।
बैठकले नेपाल डे फेस्टिबल उद्घाटनका दिन मह जात्रामा र फेस्टिबलमा सहयोग गर्नुहुने प्रायोजकहरुलाई स-धन्यवाद सहित प्रशंसा पत्रले सम्मान गर्ने निर्णय गरेका छन। बैठकले आजका मितिसम्म स्टल र आर्थिक सहयोग संकलनलाई बढि प्राथमिकता दिएको भएता पनि अबदेखी सबै बिभागहरुले आ-आफ्नो क्षेत्र अन्तरगत पर्ने कार्यहरुलाई युद्धस्तरमा अघि बढाउन समेत निर्देश गरेको छ।
यस्तै बैठकले जापानमा रहेका संघसंस्थाहरुका लागि ५०,००० येनमा स्टल उपलब्द गराउने निर्णय गरेको छ। तर यो सहुलित दरमा उनीहरुले आफ्नो क्षेत्र, संस्कृति, भाषा, भेषभूषाको प्रबर्धन बाहेकको कृयाकलापहरु गर्न र गराउन पाउने छैनन। यस दुई दिने महामेलामा जापानमा कार्यरत नेपाली तथा जापानी चिकिस्तकहरुले निशुल्क स्वस्थ्य परामार्श सेवा समेत दिनेछन।
यस महामेलामा नेपाल र नेपालीको चिनारिको साथै नेपालको ब्यापारिक पक्ष संगै पर्यटन प्रवद्धन तिर बिशेष केन्द्रित रहने छ भने यसको मुल नारा “अतिथि देव भव:” रहने छ।
जापानमा सिङ्गो नेपालको चिनारि र नेपालको एकता कायम हुने यस सौभाग्यलाई सौहार्दपुर्ण बातावरणमा पुर्ण मर्यादित ढंगले सम्पन्न गर्नको लागि जापानबासी आम नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई सहयोगको लागि एनआरएन जापानका अध्यक्ष सुदन थापाले हार्दिक आब्हान गरेका छन।